नेपाल बैंकको वेब साइट अब अपाङ्गतामैत्री

अनलाइनसमय |
२९ जेठ २०८३
नेपाल बैंकको वेब साइट अब अपाङ्गतामैत्री

काठमाडौं, २९ जेठ । नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ ।

नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहँुचमैत्री सुविधाहरु समावेश गरी सबै बर्गका ग्राहकहरुका लागि समान पहूँच सुनिश्चितता गरेको छ ।

नयाँ व्यवस्थाअन्तर्गत वेबसाईटमा स्क्रिन रिडर मैत्री संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट विकल्प तथा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरुलाई लक्षित अन्य आवश्यक पहँुच सम्बन्धी सुविधाहरु समावेश गरिएको छ ।

समावेशी बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै जाने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस