कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
२९ जेठ २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, २९ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (तचयगनज), स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैका कारण अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा, बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस