कारोबारसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
२८ जेठ २०८३
कारोबारसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, २८ जेठ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव १४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७२८ दशमलव ०३ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक २ दशमलव ५७ अङ्कले घटेर २,७३६ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ५८ हजार ३९१ पटक किनबेच भएको छ ।

बिहीबार ३५० धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १७८ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटेल एण्ड टुरिजम र उत्पादनमुलक समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार समूहको १.२३, विकास बैंकको ०.५१, माइक्रोफाइनान्सको ०.२८, बैंकिङको ०.२५, लगानी समूहको ०.२२, जीवन बीमाको ०.२१, म्युचुअल फण्डको ०.२०, हाइड्रोपावरको ०.१८, निर्जीवन बीमाको ०.१७ र अन्य समूहको उपसूचक ०.९१ प्रतिशतले घटेको छ ।

बिहीबार सोपान फार्मास्यूटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपल्लो हाइड्रोपावरको १४.९७, बोतलर्स नेपाल (बालाजू)को ८.३३, अपर लोहर खोला हाइड्रोपावरको ६.७ र पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ५१ प्रतिशतले घटेको छ । त्यस्तै, रवा इनर्जीको ४.३७, रिलाइन्स फाइनान्सको ३.८८ र वेष्ट फाइनान्सको ३.२१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस