तोलामा ५१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२८ जेठ २०८३
तोलामा ५१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ जेठ । नेपाली बजारमा आज केही दिनयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १० हजार १०० ले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस