वैदेशिक अध्ययनका लागि दश महिनामा १.२० खर्ब बाहिरियो

अनलाइनसमय |
२७ जेठ २०८३
वैदेशिक अध्ययनका लागि दश महिनामा १.२० खर्ब बाहिरियो

काठमाडौं, २७ जेठ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । पछिल्लो दश महिनामै वैदेशिक अध्ययनका लागि सवा एक खर्बभन्दा बढी रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति चालू आव २०८२८३ को वैशाखसम्मको तथ्याङ्कअनुसार वैदेशिक अध्ययनका लागि १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको सोही अवधिको तुलनामा १६ दशमलव १७ प्रतिशतले बढी हो । आव २०८१÷८२ को दश महिनामा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ थियो ।

शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको भदौको तुलनामा ३ दशमलव ४ प्रतिशतले कम हो । अघिल्लो वर्षमा यस्तो खर्च १ खर्ब ८४ अर्ब २२ करोड रहेको थियो ।

चालू आवको वैशाखसम्ममा खुद सेवा आय ६८ अर्ब २२ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय ७२ अर्ब १८ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च २ दशमलव २ प्रतिशतले घटेर ७४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आवको वैशाखसम्ममा यस्तो आय ७५ अर्ब ८३ करोड रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस