casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विदेश पढ्न जाने विद्यार्थीलाई डलर सटही सुविधा सहज

अनलाइनसमय |
२६ जेठ २०८३
विदेश पढ्न जाने विद्यार्थीलाई डलर सटही सुविधा सहज

काठमाडौं, २६ जेठ । वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक ब्यालेन्समा नेपाल राष्ट्र बैंकले थप सहजीकरण गरिदिएको छ ।
केन्द्रीय बैंकले मंगलबार नयाँ नियम जारी गर्दै विदेश जाने विद्यार्थीहरूले दूतावास वा कलेजमा बैंक ब्यालेन्स देखाउनुपर्ने प्रक्रियालाई सहज बनाइदिएको हो ।

विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले भनेको खण्डमा विद्यार्थीको खाता नाममा ५ प्रतिशत धेरै विदेशी मुद्रा राख्न सक्ने व्यवस्था केन्द्रीय बैंकले थप गरेको हो ।
केन्द्रीय बैंकले तोकेको परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सामान्यतया राष्ट्र बैंकले केही निश्चित र बजारमा चल्तीका विदेशी मुद्राहरू मात्रै साट्न मिल्ने सूची बनाएको हुन्छ । तर अबदेखि विदेश पढ्न जाने विद्यार्थीले भिसा पाउन, नयाँ बनाउन वा त्यहाँ बस्दा लाग्ने खर्चका लागि राष्ट्र बैंकको सूचीमा नभएका अन्य देशका स्थानीय मुद्रामा पनि पैसा देखाउनुपर्ने भयो भने बैंकहरूले सटही सुविधा दिनेछन् । यसका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आफ्नो स्थानीय मुद्रामा पैसा मागेको पुष्टि हुने कागजात बैंकमा बुझाउनुपर्नेछ ।

विदेशी मुद्राको भाउ दिनदिनै तलमाथि भइरहने हुनाले विनिमय दरको उतारचढावलाई धान्नका लागि पठाउनुपर्ने रकममा बढीमा ५ प्रतिशतसम्म थप गरेर अमेरिकी डलर वा अन्य चल्तीका विदेशी मुद्रा साट्न पाइने व्यवस्था गरिएको हो ।

यसैगरी, राष्ट्र बैंकले डलर साट्ने प्रक्रियामा हुने कागजी झन्झटलाई पनि कम गरिदिएको छ । यसअघि बैंकमा डलर साट्न जाँदा जुनसुकै कागजातको पनि सक्कल प्रति (ओरिजिनल पेपर) नै बुझाउनुपर्ने कडा नियम थियो। तर अब अनलाइन वा विद्युतीय माध्यमबाट डिजिटल हस्ताक्षर (डिजिटल सिग्नेचर) गरी प्रमाणित गरिएका सरकारी वा कलेजका कागजातहरूलाई पनि बैंकहरूले आधिकारिक मान्नुपर्ने नियम बनाइएको छ । यसले गर्दा कागजात बोकेर बैंक धाउनुपर्ने झन्झट हट्नेछ र अनलाइन प्रणालीबाटै काम गर्न सहज हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun