काठमाडौं, २६ जेठ । नेपाली बजारमा आज सुनको बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा २० बढेको छ । सोमबार प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।