काठमाडौं, २२ जेठ । नेपाली बजारमा आज सुनको घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।