२.६६ अंकले बढ्यो नेप्से, ५ अर्ब ७३ करोडको कारोबार

अनलाइनसमय |
२० जेठ २०८३
२.६६ अंकले बढ्यो नेप्से, ५ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, २० जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ६६ अंकले बढेर दुई हजार ७८० दशमलव २५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४९ धितोपत्रको शेयर मूल्य बढ्दा ११६ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४७ धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन निर्जीवन बीमा ३ दशमलव ३७, जीवन बीमा १ दशमलव ७३, विकास बैंक शून्य दशमलव ६६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, होटेल तथा पर्यटन शून्य दशमलव १८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यस्तै अन्य २ दशमलव ३६, फाइनान्स १ दशमलव १६, व्यापार शून्य दशमलव २४, बैंकिङ शून्य दशमलव १३, हाइड्रोपावर शून्य दशमलव ११ र लगानी समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै विजय लघुवित्त ८ दशमलव ७३, सयपत्री हाइड्रोपावर ७ दशमलव ०५ र नेपाल इन्सुरेन्सको शेयर मूल्य ६ दशमलव १७ प्रतिशतले बढेको छ ।

यसदिन नेपाल रिइन्सुरेन्स ५ दशमलव १८, सेन्ट्रल फाइनान्स ३ दशमलव ४८, हिमालयन रिइन्सुरेन्स ३ दशमलव ३९ र त्रिशुली जल विद्युत्को शेयर मूल्य ३ दशमलव ३९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस