काठमाडौं, २० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (तचयगनज) तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभभागले जनाएको छ ।
अहिले बागमती प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल र तराई भू–भागमा मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
