काठमाडौं, २० जेठ । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको क्रममा लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का विभिन्न शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले भाजपा अध्यक्ष नीतिन नवीन, भारतीय विदेशमन्त्री एस जयशंकर तथा गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेट गरी नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल गरेका थिए ।
भाजपाको निमन्त्रणामा भारत पुगेका लामिछानेको टोलीलाई विशेष स्वागत गरिएको थियो । भ्रमण दलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा अविनाश आचार्य (प्रदीप) सहभागी छन् ।
सोमबार भारत पुगेका लामिछाने नेतृत्वको टोली जेठ २२ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।