काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् ।
उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय छ । लामिछानेले भारतमा रहेका नेपालीसँग पनि साक्षात्कार गर्नेछन् ।
रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।
लामिछाने यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।