काठमाडौं, १४ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा भारी ह्रास आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा २१५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।