सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१३ जेठ २०८३
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी भने तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस