कस्तो रहला आज दिउँसो र रातिको मौसम ?

अनलाइनसमय |
१३ जेठ २०८३
कस्तो रहला आज दिउँसो र रातिको मौसम ?

काठमाडौं, १३ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैका कारण अहिले गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू–भागका केही स्थानहरू, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

May be a graphic of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस