casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुदूरपश्चिममा २.३८% ले घट्यो कृषि बालीले ढाकेको क्षेत्रफल, उत्पादनमा पनि ५% को ह्रास

अनलाइनसमय |
१२ जेठ २०८३
सुदूरपश्चिममा २.३८% ले घट्यो कृषि बालीले ढाकेको क्षेत्रफल, उत्पादनमा पनि ५% को ह्रास

काठमाडौं, १२ जेठ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को अर्ध–वार्षिक अवधिमा सुदूरपश्चिम प्रदेशको कृषि बालीले ओगटेको क्षेत्रफल घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८२/८३’ अनुसार गत पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी, फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफलमा २.३८ प्रतिशतले ह्रास आएको छ । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.६५ प्रतिशतले ह्रास भएको थियो ।

पछिल्ला वर्षहरुमा सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल क्रमिक रुपमा घट्दै गएको छ । गत वर्षको तुलनामा बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा र कैलाली जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत प्रदेश तहबाट ब्लक र स्थानीय तहबाट पकेट क्षेत्रका कार्यक्रम, उच्च मूल्यका बालीबस्तुको खेती प्रवद्र्धन हुनु, स्थानीय तथा रैथाने विउबालीको खेती विस्तारका कार्यक्रम, फलफुल, जडिबुटी तथा उच्च मूल्यका बनस्पतीको वृक्षारोपणलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन हुनाले कृषि उपजले ढाकेको क्षेत्रफल बढेको छ भने अन्य जिल्लाहरुमा यस्तो क्षेत्रफल घटेको प्रतिवेदनमा उल्लेख छ ।

ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा हुने बसाँइसराई, जलवायू परिवर्तन, खेतीयोग्य जमिनको खण्डीकरण, कृषक प्रतिको दृष्टिकोण, जंगली जनावरको आक्रमण, शिक्षित युवाहरुको कृषि क्षेत्रप्रतिको विकर्षण तथा वैदेशिक रोजगारी लगायतका कारणले यस्तो भू–क्षेत्रमा गिरावट आएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २.३६ प्रतिशतले घटेको छ । धान ०.९१ प्रतिशत, आलु १५.१७ प्रतिशत, उखु २.२४ प्रतिशत र भटमासको क्षेत्रफल २.२० प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, फापर, दलहन र तेलहनको क्षेत्रफल क्रमश ः ४.२८ प्रतिशत, ५.७५ प्रतिशत, ५५.२८ प्रतिशत, ३०.८५ प्रतिशत र १७.९१ प्रतिशतले कमी आएको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ५४.५९ प्रतिशत भू–भागमा धान, १४.२७ प्रतिशत भू–भागमा मकै, ७.४८ प्रतिशत भू–भागमा तेलहन र ७.१८ प्रतिशत भू–भागमा दलहन खेती रहेको छ ।

पछिल्लो समय प्रदेशका विभिन्न जिल्लाहरुमा आलुको माग र मूल्यमा भएको वृद्धि र बजारीकरणमा सहजताका कारण युवा कृषकहरुको आकर्षण व्यवसायिक आलु खेतीतर्फ बढेको देखिन्छ । तरकारी तथा बागवानी समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल २३ हजार ६ सय ६३ हेक्टर रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.१२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ०.८४ प्रतिशतले वृद्धि भएको थियो ।

पहाडी क्षेत्रमा जग्गा बाँझो राख्ने प्रवृति, घटदो उत्पादकत्व, बसार्इंसराईका साथै बाँदर, बदँेलजस्ता जंगली जनावरले बाली नष्ट गर्ने भएकाले तरकारी तथा बागवानीले ओगटेको भू–क्षेत्र घटेको प्रतिवेदनमा उन्नलेख ।

उत्पादन पनि घट्यो
सुदूरपश्चिममा कृषि उपजको क्षेत्रफल घटेसँगै उत्पादन पनि घटेको छ । समीक्षा अवधिमा प्रदेशको प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलपूmल तथा मसला) को उत्पादन ४.९४ प्रतिशतले ह्रास भएको ।

६ महिनामा खाद्यान्न बालीको उत्पादनमा कमी आएको छ भने नगदेबालीको उत्पादनमा वृद्धि भएको छ । पछिल्लो समय कृषकहरु निर्वाहमुखी खेतीभन्दा नगदेबालीको व्यावसायिक खेतीतर्फ उन्मुख भएका देखिएको राष्ट्र बैंको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.०१ प्रतिशतले ह्रास भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो उत्पादन ०.७८ प्रतिशतले वृद्धि भएको थियो । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र दलहनको उत्पादनमा क्रमशः ५८.७० प्रतिशत र ३०.३६ प्रतिशतले घटेको छ । त्यसैगरी, आलु र भटमासको उत्पादनमा क्रमशः ३.६४ प्रतिशत र ८.५२ प्रतिशतले वृद्धि भएको छ भने धान, मकै, तेलहनजस्ता बालीहरुको उत्पादनमा अघिल्लो आर्थिक वर्षको सोहीे अवधिको तुलनामा क्रमशः १.८४ प्रतिशत, ६.२२ प्रतिशत र १९.६६ प्रतिशतले कमी आएको छ ।

जिल्लागत आधारमा कैलाली, कञ्चनपुर, डोटी, बैतडी र दार्चुला जिल्लामा खाद्य तथा अन्य बालीको उत्पादनमा गत आर्थिक वर्षको सोहीे अवधिको तुलनामा घटेको छ भने अन्य जिल्लाहरु बाजुरा, बझाङ, डडेल्धुरा र अछाममा खाद्य तथा अन्य बालीको उत्पादनमा वृद्धि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun