यी हुन् व्यापार बचतमा रहेका १५ वस्तु, कुनको कति भयो निर्यात ?

अनलाइनसमय |
११ जेठ २०८३
यी हुन् व्यापार बचतमा रहेका १५ वस्तु, कुनको कति भयो निर्यात ?

काठमाडौं, ११ जेठ । पछिल्लो समय बढिरहेको आयातसँगै व्यापार घाटा चुलिंदै गएको छ । भन्सार विभागकाअनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दश महिनामामा १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा १४ खर्ब ४३ अर्बरुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १४ दशमलव ८२ प्रतिशत र व्यापार घाटा १४ दशमलव ९२ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा निर्यात १४ दशमलव २५ प्रतिशतले नै बढ्दा समेत आयातमा नियन्त्रण गर्न नसक्दा व्यापार घाटा बढ्दो छ ।

हाल नेपालले ९७ समूहका वस्तुको व्यापार गरेकोमा १५ वटा वस्तुको वैदेशिक व्यापारमा मात्रै नेपाल बचतमा छ । बाँकी सबै समूहका वस्तुमा नेपालले घाटा बेहोरिरहेको छ ।

नेपाल कार्पेट तथा गलैँचाको व्यापारमा सबैभन्दा धेरै बचतमा छ । कार्पेट तथा गलैँचाको व्यापारमा मात्रै नेपाल ९ अर्ब ६ करोड ४४ लाख रुपैयाँ बराबरको व्यापार बचतमा छ । चालू आवको वैशाखसम्ममा नेपालले ९ अर्ब ६९ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ६३ करोड २६ लाख बराबरको मात्र आयात गरेको छ ।

कार्पेटपछि नेपाल सबैभन्दा धेर कफी र चियाको व्यापारमा ८ अर्ब ७ करोड २६ लाख रुपैयाँको बचतमा छ । व्यापार बचतमा रहेका वस्तुमध्ये कफीको व्यापार सबैभन्दा धेरै छ । दश महिनामा १६ अर्ब ३५ लाख मूल्य बराबरको यस्तो सामग्री निर्यात गरेको छ ।

यस्तै तरकारी तथा फलफूलजन्य समूहका वस्तुको व्यापारमा पनि नेपाल बचतमा छ । वैशाखसम्ममा तरकारी, फलफूल, बदाम तथा बोटबिरुवाका अन्य भागबाट बनेका परिकारहरूको व्यापरमा नेपाल ४ अर्ब ७१ करोड ७१ लाख रुपैयाँले बचतमा छ । सो अवधिमा नेपालले यो समूहको वस्तु ६ अर्ब ४९ करोड रुपैयाँ बरोबरको निर्यात गर्दा आयात १ अर्ब ७७ करोडको मात्रै आयात गरेको छ ।

त्यस्तै काठ तथा काठबाट बनेका समानको व्यापारमा ३ अर्ब ७७ करोड, वनस्तिजन्य सामग्रीको ९५ करोड ८० लाख रुपैयाँले नेपाल बचतमा छ ।

कुन समूहका वस्तुको कति भयो आयात निर्यात, बचत मूल्य कति ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस