काठमाडौं, ८ जेठ । जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै बकर ईद (ईद–उल–अज्हा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार राजपत्रमा प्रकाशित व्यवस्थाबमोजिम इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने प्रावधान रहेको र यस वर्ष उक्त पर्व जेठ १४ गते परेकाले बिदा तय गरिएको हो ।
यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा रहने राजपत्रमा उल्लेख छ । त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार परेको कारण लगातार चार दिनसम्म बिदा हुने भएको छ ।