काठमाडौं, ८ जेठ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।