काठमाडौं, ८ जेठ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
बैशाख २४ गते सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रा.लि. को तर्फबाट बिक्रि निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई डालिया होटेल प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुनेछन् ।
यसैगरी जेठ ५ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लिबीच पनि सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।