बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
७ जेठ २०८३
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९२ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस