किन घट्यो जीडीपी अनुपातमा सार्वजनिक ऋण ?

अनलाइनसमय |
६ जेठ २०८३
किन घट्यो जीडीपी अनुपातमा सार्वजनिक ऋण ?

काठमाडौं, ६ जेठ । पछिल्लो एक महिनामै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा प्रतिशत २.९६ प्रतिशत विन्दुले घटेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जीडीपीका आधारमा वैशाखसम्म सार्वजनिक ऋण ४५.०८ प्रतिशत अर्थात २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । चैतसम्म जीडीपीका आधारमा सार्वजनिक ऋण ४८.०४ प्रतिशत थियो ।

यद्यपि, यो ऋिणको अनुपात अर्थतन्त्रको आकार बढेसँगै घटेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाख १५ गते सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवमा नेपालको अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार करिब ६१ खर्ब रुपैयाँ हाराहारीमा थियो । जीडीपीको आकार बढेपछि सोही अनुपातमा सार्वजनिक ऋणको अनुपात पनि घटेको हो ।

वैशाखमा बाह्य ऋण जीडीपीको आधारमा २४.१५ र आन्तरिक ऋण २०.९३ प्रतिशत बराबर रहेको छ । चैतमा यस्तो अनुपात क्रमशः २५.३१ र २२.७३ प्रतिशत रहेको थियो ।

चालू आवको शुुरुमा जीडीपीका आधारमा सार्वजनिक ऋण ४३ दशमलव ९४ प्रतिशत मात्र थियो । त्यसयता बढेर यस्तो अनुपात चैतमा ४८.०४ प्रतिशत पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस