काठमाडौं, ४ जेठ । नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुने भएको छ ।
हस्तकला क्षेत्रले देशमा लाखौँको संख्यामा स्वरोजगारको अवसर सिर्जना गरिरहेको र भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक २८ अर्ब रुपैयाँ बराबरका हस्तकला वस्तुहरू निर्यात भइरहेको अवस्थामा यो मेला आयोजना गर्न लागिएको मेला आयोजक समिति संयोजक तथा महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् ।
देशमा कृषिजन्य उद्योगपछि देशैभरि विस्तार गर्न सकिने ठूलो सम्भावना बोकेको यस हस्तकला क्षेत्रले देशको कला, संस्कृति र सम्पदाको बलियो प्रतिनिधित्व गर्दै आएको छ । मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तीन दिने मेलाको मुख्य उद्देश्य विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पु¥याउनु र हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पु¥याउनु रहेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।
जिल्ला तथा प्रदेश स्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचार प्रसार गरेर मेलाका माध्यमबाट आय आर्जन गरी जिल्ला संघहरुको सवलीकरणमा सहयोग पु¥याउने, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर बृद्धि गर्ने, स्थानीय हस्तकला उद्यमीलाई बजारसंग जोड्ने, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यवसायिक विकासमा सहयोग गर्ने, स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रवद्र्धन गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार÷कालिगढहरुको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारहरुको स्वाद पस्कने विशेष फूडहरू रहनेछन् ।
मेलामा काठमाडौं उपत्यका भित्रका जिल्लालगायत संखुवासभा, मकवानपुर, दाङ्ग, बाजुरा, ताप्लेजुङ्ग, चितवन, वर्दिया काभे्रपलान्भोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ्ग, तनहु, पाल्पा, बाग्लुंग आदि जिल्लाबाट त्यहाँका स्थानीय जिल्ला संघहरुको सभागिता रहने बताइएको छ ।
यस कार्यक्रमबाट स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, स्थानीय उद्योगी, कलाकार र कालिगढहरूको सीप, क्षमता तथा मनोबल अभिबृद्धि हुने, मूर्त र अमुर्त कला संस्कृति एवं परम्परागत परिकारको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
मेलामा ‘मेक इन नेपाल, मेड इन नेपाल’ को अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी संभाब्यता भएका बस्तुहरुको करिब ७० वटा स्टलहरु राखेर बस्तु तथा सेवा प्रदर्शन गरिनेछ ।
साथै मेलाको प्रचार प्रसारको लागि बिद्युतिय संचार माध्यम ईमेल ईन्टरनेट, समामजिक संजाल ब्यानर प्रत्यक्ष पत्राचार आदि माध्यमहरुको प्रयोग गरिएको छ । मेलामा निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
मेलाको साझेदार संस्थाहरुको रुपमा प्रमोटेड पार्टनर हेल्भेटास नेपाल, लजिष्टिक पार्टनर, एभरेष्ट डि कार्गो प्रा. लि ९ँभम्भह०,ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टङ्ग पार्टनर, बिजय अफसेट, इन्स्योरेन्स पार्टनर, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड,मिडिया पार्टनर अभियान आर्थिक राष्ट्रिय दैनिक र सहयोगी संस्थाहरु ,नेपाल टेकिलम,एनएमवि बैंक, ‘वनपसल डट कम’, ‘होप्स इन्टरनेशनल प्रा.लि.’आदि रहेका छन । त्यसैगरी यस कार्यक्रमको इभेन्ट म्यानेजरको रुपमा इभेन्ट संसार डट कम रहेको छ ।