काठमाडौं, १ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुत्ररबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा ३ लाख २ हजार ५ सय सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।