काठमाडौं, ३० वैशाख । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।