काठमाडौं, २८ वैशाख । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८ दशमलव १९ अंकले बढेर २ हजार ७८३ दशमलव ८५ विन्दुमा पुगेको हो ।
आज १ करोड ४ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन २४७ कम्पनीको शेयर मूल्यमा बढ्दा १८ को घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।