सुनको मूल्य घट्योे, बढ्यो चाँदी

अनलाइनसमय |
२८ वैशाख २०८३
सुनको मूल्य घट्योे, बढ्यो चाँदी

काठमाडौं, २८ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलामा २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस