काठमाडौं, २५ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा २ लाख ९८ हजार ६सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।