धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा

अनलाइनसमय |
२४ वैशाख २०८३
धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा

काठमाडौं, २४ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन् ।

सरकारले सेबोन अध्यक्ष नियुक्तिका लागि गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले वैशाख १३ गते खुलाएको सेबोन अध्यक्षको दरखास्त आह्वानमा ४७ जनाले आवेदन दिएका छन्, जसमा नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि अध्यक्षका लागि आवेदन दिएसँगै गुणाकरले राजीनामा दिएको स्रोतले जनाएको छ । गोपाल संयोजक गुणाकर भट्टका ठुलोबुबाका छोरा हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस