बीमा प्राधिकरणले गर्‍यो सलिको र लर्ड बुद्धलाई नगद जरिवाना

अनलाइनसमय |
२४ वैशाख २०८३
बीमा प्राधिकरणले गर्‍यो सलिको र लर्ड बुद्धलाई नगद जरिवाना

काठमाडौं, २४ वैशाख । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित प्राधिकरणबाट इजाजत प्राप्त दुईवटा कम्पनीविरूद्ध जरिवानासहित नियमन सम्बन्धी कारबाही गरेको छ ।

प्राधिकरणको कारवाहीमा पर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार, सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५(२) को विपरित हुने गरी कार्य गरेकोमा बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम(पहिलो पटक) भएकोले सगरमाथ लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै, पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेकोमा बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम पहिलो पटक भएकाले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पाँच हजार रूपैयाँ नगद जरिवाना सहितसचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस