१.६४ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
२३ वैशाख २०८३
१.६४ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, २३ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

आज ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १०४ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यस्तै १५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३६ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार माइक्रोफाइनान्स शून्य दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव २२, फाइनान्स र निर्जीवन बीमाको समान शून्य दशमलव १९, बैंकिङ शून्य दशमलव १६, म्युचुअल फण्ड शून्य दशमलव ८, लगानी शून्य दशमलव ४ र अन्य समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज विकास बैंक शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५६, हाइड्रोपावर शून्य दशमलव ४३, जीवन बीमा शून्य दशमलव ३२ र व्यापार समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त १३ दशमलव ७४, अपर लोहोरे खोला हाइड्रोपावर ५ दशमलव ९६, एनआईसी एशिया ग्रोथ फण्ड ५ दशमलव १६, एनएमबी सुलभ लगानी फण्डको शेयर मूल्य ४ दशमलव ६७ प्रतिशतले बढेको छ ।

यसदिन भगवती हाइड्रोपावर डेभलपमेन्ट ८ दशमलव ९, नारायणी डेभलपमेन्ट बैंक ७ दशमलव २७, एनआईसी एशिया ब्यालेन्स ४ दशमलव २१, मोदी इनर्जी ४ दशमलव १८ र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य ३ दशमलव ८९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस