टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
२३ वैशाख २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, २३ वैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब आम लगानीकर्तासमक्ष आएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँमध्ये ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । सोमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दालाई र ३ लाख ३ हजार ६७ कित्ता विदेशमा कार्यरत नेपालीलाई वितरण गरिसकिएको छ । साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर समेत छुट्याइसकिएको कम्पनीले जनाएको छ ।

अब बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ हुन्छ । यो शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उपलब्ध हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा वैशाख २८ गतेसम्म रहनेछ भने आवश्यक परे जेठ ६ गतेसम्म लम्बिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस