काठमाडौं, २२ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।