काठमाडौं, १७ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा गोला प्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो ।
कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
उक्त आईपीओमा अत्यधिक आवेदन परेको थियो । २७ लाख ३० हजार ९८७ जना आवेदकबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरका लागि माग गरिएको थियो ।
मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोला प्रथा विधिबाट गरिएको हो । जसअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।