आज पनि घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
१७ वैशाख २०८३
आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १७ वैशाख । नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा ३ हजारले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस