काठमाडौं, १६ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३० धितोपत्रको शेयर मूल्य बढ्दा २३५ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५१ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने ३ उपसूचक मात्र बढेको छ ।
आज व्यापार १ दशमलव ०९, विकास बैंक शून्य दशमलव १४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
आज उत्पादन तथा प्रशोधन २ दशमलव २४, होटेल तथा पर्यटन १ दशमलव ६४, हाइड्रोपावर १ दशमलव ४५, निर्जीवन बीमा १ दशमलव ११, अन्य शून्य दशमलव ९२, जीवन बीमा शून्य दशमलव ८४, बैंकिङ शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६६, फाइनान्स शून्य दशमलव ६४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक १३ दशमलव ८१, नेपाल लाइफ समृद्धि लगानी योजना ३ र एनआईसी एशिया ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ९५ प्रतिशतले बढेको छ ।
यस्तै शिखर पावर डेभलपमेन्ट ९ दशमलव ९२, पाल्पा सिमेन्ट ७ दशमलव ७९, त्रिशूली जल विद्युत् ६ शदमलव ९८ र झापा इनर्जी शेयर मूल्य ५ दशमलव ८३ प्रतिशतले घटेको छ ।