२६.१६ अंकले घट्यो नेप्से, साढे ६ अर्बको कारोबार

अनलाइनसमय |
१५ वैशाख २०८३
२६.१६ अंकले घट्यो नेप्से, साढे ६ अर्बको कारोबार

काठमाडौं, १० वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ४२ धितोपत्रको शेयर मूल्य बढ्दा २१३ को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार अन्य समूह शून्य दशमलव ७३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

आज उत्पादन तथा प्रशोधन २ दशमलव ४६, हाइड्रोपावर १ दशमलव ७४, विकास बैंक १ दशमलव २२, बैंकिङ शून्य दशमलव ८४, फाइनान्स शून्य दशमलव ६१, लगानी शून्य दशमलव ४७, माइक्रोफाइनान्स शून्य दशमलव ४४, व्यापार र निर्जीवन बीमा समूह समान शून्य दशमलव ३९, म्युचुअल फण्ड शून्य दशमलव ३१ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज आरबीबी म्युचुअल फण्डको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै रिज लाइन इनर्जी १० दशमलव २७, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९ दशमलव ९४, सिटी होटल ९ दशमलव २५ र भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस