काठमाडौं, १५ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन सोमबार प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।