काठमाडौं, १५ वैशाख । शैक्षिक सत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।
यसअघि वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुन्थ्यो । तर, वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । यद्यपि, कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ ।
शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन पनि सरकारले भनेको छ । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।