शेखर गोल्छा पक्राउप्रति नाइमाको ध्यानाकर्षण

अनलाइनसमय |
१३ वैशाख २०८३
शेखर गोल्छा पक्राउप्रति नाइमाको ध्यानाकर्षण

काठमाडौं, १३ वैशाख । वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हाल विकसित घटनाक्रमप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्ने नाइमाले बताएको छ ।

‘प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पु¥याउँछ,’ नाइमाले भनेको छ, ‘उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्य सर्वविदित छ। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ ।’

नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग उल्लेख गरिएको छ ।

‘तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमा विनम्रतापूर्वक अनुरोध गर्दछ,’ नाइमाले भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस