१२.९२ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यवसाय

अनलाइनसमय |
१३ वैशाख २०८३
१२.९२ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यवसाय

काठमाडौं, १३ वैशाख । पछिल्लो एक वर्ष अवधिमा निर्जीवन बीमाको व्यवसाय १२ दशमलव ९२ प्रतिशतले बढेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक (आव) २०८२/८३ को ९ महिनामा ३६ अर्ब २८ करोड १२ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् । गत आवको चैतसम्ममा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको निर्जीवन बीमाको व्यवसाय भएको थियो ।

चालू आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १०.४८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रोमा रहेको हिमालयन एभरेष्टले ३ अर्ब ७४ करोड ३० लाख बिमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियरले ३ अर्ब १२ करोड ९ लाख, आइजीआई प्रुडेन्सियलले ३ अर्ब १० करोड ३३ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख, युनाइटेड अजोडले २ अर्ब ५६ करोड ४६ लाख, दि ओरियन्टलले २ अर्ब ४२ करोड ६८ लाख, सानिमा जिआइसीले २ अर्ब ८ करोड १९८ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस