तोलामा २७ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१३ वैशाख २०८३
तोलामा २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १३ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस