काठमाडौं, ८ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ९१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८०७ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार परिसूचक १३ दशमलव १७ अङ्कले घटेर २,८२५ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटपनि कारोबार रकम भने बढेको छ । सोमबार ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक किनबेच भएको छ ।
सोमबार ३४७ धितोपत्र कारोबारमा आए, जसमध्ये २१५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४८ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल एण्ड टुरिजम समूहको उपसूचक १ दशमलव १६ प्रतिशतले बढ्दा बाँकी सबै समहूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक १.२७, हाइड्रोपावरको १.२३, फाइनान्सको १.०९, व्यापारको ०.९६, निर्जिवन बीमाको ०.८६, लगानी समूहको १.६०, उत्पादन मुलक समूहको १.५३, माइक्रोफाइनान्सको १.४९ र बैंकिङ तथा म्युचुअल फण्ड समूहको समान १.४५ प्रतिशतले बटेको छ ।
मंगलबार तीन कम्पनीको शेयर मूल्य १५ प्रतशतले बढेको छ । ती कम्पनीमा सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डिभलपमेृन्ट रहेका छन् । त्यस्तै, कर्पाेरेट डिझपमेन्ट बैंकको १४.८२, एशियन हाइड्रोपावरको १०.३८, होटल फरेष्ट इनको ९.३८ र कुथेली बुकारी स्मल हाइड्रोको ४.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज दोल्ती पावरको शेयर मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशतले घटेको छ । धेरै कारोबार हुने कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल रहेका छन् ।