काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा समानुपातिक सांसद्लाई जिम्मेवारी तोकेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
गत फागुन २१ को चुनावमा रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो ।
यी हुन् जिम्मेवारी पाएका समानुपातिक सांसद्हरू :

