काठमाडौं, ७ वैशाख । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अंकले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ६५ धितोपत्रको शेयर मूल्य बढ्दा १९७ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये २ को बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।
यसदिन होटेल तथा पर्यटन १ दशमलव ०१ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।
यसैगरी बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन समूहको समान शून्य दशमलव ८४, जीवन बीमा शून्य दशमलव ६२, माइक्रोफाइनान्स शून्य दशमलव ४९, हाइड्रोपावर शून्य दशमलव २३, विकास बैंक शून्य दशमलव १६, निर्जीवन बीमा शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव ०८, फाइनान्स शून्य दशमलव ७ र अन्य समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलवमेन्ट र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् । यस्तै झापा इनर्जीको शेयर मूल्य ११ दशमलव ८८ प्रतिशतले बढेको छ ।
यसदिन डोल्टी पावर कम्पनी ५ दशमलव ३५, एनआईसी एशिया ग्रोथ फण्ड (२) ५ दशमलव ०३, एशिया हाइड्रोपावर ४ दशमलव ५, नेशनल हाइड्रोपावर ३ दशमलव ९२ र रिलाइन्स स्पीनिङ मिल्सको शेयर मूल्य ३ दशमलव ६६ प्रतिशतले ह्रास आएको छ ।