कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनसमय |
७ वैशाख २०८३
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, ७ वैशाख । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए, जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ६८ हजार ४७५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । बाँकी २५ लाख ६७ हजार बढीको हात खाली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस