वर्षको अन्तिम दिन कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
३० चैत २०८२
वर्षको अन्तिम दिन कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, १५ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव १८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८३३ दशमलव ६० को विन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर २,८३७ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । शुक्रबार ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच भएको छ ।
सोमबार ३४२ धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०५ धितोपत्रको मूल्य बढेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घट्दा ६ समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको उपसूचक ०.४७, विकास बैंकको ०.५५, फाइनान्सको ०.२९, जीवन बीमाको ०.४६, माइक्रोफाइनान्सको ०.४२, अन्य समूहको १.६२ तथा व्यापार समूहको उपसूचक ०.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक सबेभन्दा धेरै१.०२ प्रतिशत बढेको छ । हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमाको ०.४६ प्रतिशतले बढेको छ ।

सोमबार ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् । त्यस्तै, मेन्छियाम हाइड्रोपावरको ९.०१, उपकार लघुवित्तको ७.१७ तथा नेसनल हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज युनिक नेपाल लघुवित्तको ३.६०, अभियान लघुवित्तको २.९७ तथा सान्भी इनर्जीको २.९६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस