तोलामा २२ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२७ चैत २०८२
तोलामा २२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २७ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७ सय हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला ५ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस