८३.३३ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

अनलाइनसमय |
२३ चैत २०८२
८३.३३ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

काठमाडौं, २३ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ८३ दशमलव ३३ अंकले बढेर दुई हजार ७६० दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १२ अर्ब १७ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २६४ धितोपत्रको शेयर मूल्य बढ्दा ३ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार सबै समूहको उपसूचक बढेको छ । यसदिन हाइड्रोपावर समूह सर्वाधिक ४ दशमलव ५९ प्रतिशतले बढेको छ ।

आज फाइनान्स ४ दशमलव ०३, विकास बैंक ३ दशमलव ६३, लगानी २ दशमलव ३३, होटेल तथा पर्यटन ३ दशमलव २४, बैंकिङ ३ दशमलव १८, निर्जीवन बीमा २ दशमलव ९४, जीवन बीमा २ दशमलव ६६, माइक्रोफाइनान्स ४३, अन्य २ दशमलव ३६, व्यापार २ दशमलव ४, उत्पादन तथा प्रशोधन १ दशमलव ५३ र म्युचुअल फण्ड समूहको उपसूचक १ दशमलव ४ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उपकार लघुवित्त, रिदी पवार, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन सीवाईसी नेपाल लघुवित्त ३ दशमलव १, लक्ष्मी भ्यालु फण्ड १ दशमलव ८४ र रिलाइन्स इपिनिङ मिल्सको शेयर मूल्य १ दशमलव ६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस