१०५ अङ्कले घटेको नेप्से २,६७६ को विन्दुमा, ७ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

अनलाइनसमय |
२२ चैत २०८२
१०५ अङ्कले घटेको नेप्से २,६७६ को विन्दुमा, ७ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं, २२ चैत । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०५ दशमलव ५० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७६ दशमलव ६८ को विन्दुमा बन्द भएको छ । कारोबार अघिल्लो दिन बिहीबार परिसूचक ५ दशमलव ८२ अङ्कले बढेर २ हजार ७८२ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब १७ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ७ लाख २६ हजार ३६० कित्ता शेयर १ करोड ३८ हजार ९५० पटक किनबेच भएको छ ।

आइतबार ३४५ धितोपत्र कारोबारमा आए, जसमध्ये २६१ धितोपत्रको मूल्य घटेको छ भने ७ धितोपत्रको मूल्य बढेको छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको ४.८४, विकास बैंकको ४.३२, फाइनान्सको ३.९४, निर्जिवन बीमाको ३.८६, जीवन बीमाको ३.५९, व्यापारको ३.५६, माइक्रोफाइनान्सको ३.४३, बैंकिङ र लगानी समूहको समान ३.३२, होटल एण्ड टुरिजमको ३.०४, उत्पादनमुलक समूहको १.३३ र म्युचुअल फण्ड समूहको उपसूचक १.०३ प्रतिशतले घटेको छ ।

आइतबार ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीमा भुजुङ्ग हाइड्रोपावर, होटल फरेष्ट, रिज लाइन इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो र सुपर खुदी हाइड्रोपावर रहेका छन् ।

आज ७ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस